तेह्रथुम पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

४ आश्विन २०७८, सोमबार १२:४२

काठमाडौं । यतिबेला तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार वा ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर प्राप्त गर्ने लगानीकर्ताहरुको मनमा उब्जीरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जुनकुनै कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । जसअनुसार कम्पनी आईपीओले पहिलो कारोबारको लागि प्रति शेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोहीअनुसार कम्पनीको शेयरले पहिलो कारोबारको लागि २५४ रुपैयाँ २२ पैसासम्म पाउने देखिएको हो ।

कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले आइपीओ भदौ २५ गते बाँडफाँड गरेको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गरिएको आईपीओ ७४ हजार ४ सय जना भाग्यशाली आवेदकले १० कित्ताका दरले हात पार्न सफल भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*