नेप्सेमा निरन्तर पहिरो, २७५० बाट तल झर्यो नेप्से परिसूचक

४ आश्विन २०७८, सोमबार १२:५८

काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट आएको छ । लगानीकर्ताहरुले शेयर बिक्री गरेर आफू सुरक्षित हुन खोजेपछि शेयरको मूल्य उच्च अंकले घटेको हो ।

सोमबार १२ः४५ बजेसम्म नेप्से परिसूचक ६५ अंकले घटेर २७४६.६८ बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार सुरु भएको १७ मिनेटमा २७५१ को बिन्दुमा झरेको शेयर पुनः बृद्धि भई २७९१ रुपैयाँसम्म पुगेपनि पुनः गिरावट आएको हो । शेयर मूल्यमा आएको गिरावटसँगै कारोबार समेत खुम्चिएको छ । यो समाचार तयार गर्दासम्म जम्मा तीन अर्ब रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा लगातार गिरावट आउँदा लगानीकर्ताहरु निराश र आक्रोसित बन्न पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले शेयर धितोमा लिने ऋणमा अधिकतम् १२ करोड रुपैयाँको सीमा तोकेपछि शेयर बजार निरन्तर घटिरहेको लगानीकर्ताहरुको आरोप छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*