यी हुन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

५ आश्विन २०७८, मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सुधार आउँदा सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आज २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंककाखे २० करोड ५६ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ४६ लाख, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख र अपि पावर कम्पनीको १८ करोड ८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*