एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्रीमा

६ आश्विन २०७८, बुधबार १२:५४

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग अनुसारको आवेदन नपरेकाले कम्पनीले पुन लिलामीमा ल्याएको हो । कम्पनीले न्यूतम मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीको संस्थापक समूहतर्फतको ३ करोड ३० लाख किँत्ता र सर्वसाधारण समूह तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता शेयरको लागि आवेदन नपरेकोले सोही कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले संस्थापक समूहतर्फको हकमा असोज ७ गते र सर्वसाधारणको हकमा असोज १४ गतेभित्र तोकिएको स्थानमा के कति कित्ता कति दरमा सबै खुलाई गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

कम्पनीको संस्थापक समूहतर्फको शेयरमा आवेदकले न्यूनतम १ करोड कित्ता र सर्वसाधारण समूह तर्फको शेयरमा न्यूनतम १०० कित्ताका लागि माग गर्नुपर्नेछ र दुवैको अधितममा कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

गोप्य शिलबन्दी बोलपत्र पाइने र बुझाउने स्थान
इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरमा बोलपत्र फाराम बुझाउन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*