कोरियामा नेपालीहरुद्धारा शेयर बजार सुधारको माग गर्दै प्रदर्शन

६ आश्विन २०७८, बुधबार १३:२२

काठमाडौं । कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपालको शेयर बजारको सुधारको माग गर्दै नेपाली दूतावास अगाडी प्रदर्शन गरेका छन् । नेपालको स्टक मार्केट नेप्सेमा गत साता उच्च अंकले शेयरमूल्य घटेपछि कोरियामा रहेका नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

‘लगानीकर्ताको हित विपरित काम गर्ने गर्भनर र अर्थमन्त्री राजिनामा दे’ नारा सहितको प्ले कार्ड बोकी कोरियामा रहेका नेपाली लगानीर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

पूँजीबजारको अवस्थालाई लिएर नेपालमा केही दिनयता पूँजीबजार संघर्ष समितिका नाममा विभिन्न विरोध कार्यक्रमहरु संचालन भइरहेका छन् । सोही समितिको आह्वानमा कोरियामा रहेका नेपाली लगानीकर्ताले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली दूतावास अगाडि गरिएको विरोध प्रदर्शनमा सहभागी लगानीर्ताहरुले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्न र राष्ट्र बैकको लगानीकर्ता माथिको कुरठारघाति नीति खारेज गर्न माग गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*