नेप्सेमा रुरु जलविद्युतको १०% बोनशपछिको शेयरमूल्य समायोजन

७ आश्विन २०७८, बिहीबार ११:३२

काठमाडौं । नेप्सेमा रुरु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुधबार बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम १३२७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेपछिको शेयरमूल्य १२०६ रुपैयाँ समायोजन गरेको हो ।

सो प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न कम्पनीले असोज १६ गते साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*