न्यादी हाइड्रोपावरको २२ करोडको आइपीओ असोज १५ गतेदेखि निष्काशन

८ आश्विन २०७८, शुक्रबार १२:४०

काठमाडौं । भर्खरै मात्र आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको न्यादी हाइड्रोपावर सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असोज १५ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले २२ करोड बराबरको १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कुल निष्काशन गरिने शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकशले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले गत भदौ १ गते मंगलबारदेखि आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*