१०.५२% लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरले साधारण सभा डाक्यो

८ आश्विन २०७८, शुक्रबार १४:४८

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १०.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १० औं वार्षिक साधारण सभा डाकेको हो ।

सभा कात्तिक ११ गते सेलिबे्रसन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाटसुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

साथै सभामा कम्पनीका शेयरधनीके तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी बृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि असोज १८ गते एक दिन बुकक्लोज गर्ने भएको छ । जसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज १८ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिई उक्त लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*