डिप्रोक्स लघुवित्तले २०% लाभांश वितरण गर्न आह्वान गर्यो साधारण सभा, बुकक्लोज कहिले ?

८ आश्विन २०७८, शुक्रबार १५:५१

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औैं बार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सभा असोज २३ गतेका दिन आह्वान गरेको हो ।

कम्पनीको संचालक समितिको ३०० औ बैंठकको निर्णय अनुसार सभा असोज २३ गते शनिबार चितवन गार्डेन रिर्सोट, भरतपुर चितवनमा बिहान ११ बजे हुने भएको हो ।

सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफा र गत बषसम्मको संचित रकम समतेबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम ३३ करोड १२ लाख ४९ हजार ७२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा नाडेपको शेयर संरचना र कर्मचारीको पद समायोजनको बिषयमा असहमति भई दुबै बीचको प्राप्ति कार्य अगाडि बढाउन नसकिने भएकाले सोको लागि राष्ट्र बैंक समक्ष अनुरोध गरिएको हुँदा सो सम्बन्धमा हालसम्म भए गरेको सम्पूर्ण कार्यहरुको अनुमोदन समेत गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, २० औ बार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, आव २०७७।०७८ को बासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्रिटिमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धीत अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, गत आर्थिक बर्षको मुनाफा र संचित मुनाफा रकम समेत चुक्ता पूजीको १.०५३ प्रतिशतले हुुन आउने रकम १ करोड २१ लाख ७५ हजार २९७ रुपैया नगद लाभांश वितरण गर्न स्कीकृत गर्ने एजेण्डा रहेका छन् ।

साथै सभाले गत आर्थिक बर्षको लेखा परीक्षकको नियक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरु मध्येबाट ३ जना संचालकहरुको निर्वाचन गर्नेछ ।

कम्पनीको साधारण सभा प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिई उक्त लाभांश पाउने योग्य मानिनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*