बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

१० आश्विन २०७८, आईतवार ११:२३

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्ने अनुरोध गरेको छ ।

बैंकले गत बर्ष जस्तै यस बर्ष पनि नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम भुुक्तानी गर्ने भएको हँदा अद्यावधिक गर्ने आग्रह गरेको हो ।

शेयरधनीले शेयर अभौतिकीकरण गरि हितग्राही खाता खोलपश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं वा कुनै निक्षेप सदस्यमा हितग्राही खाता खोल्न बैंकले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*