नबिल इक्विटी र ब्यालेन्स्ड् फण्ड–२ को ४० र ३५ प्रतिशल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० आश्विन २०७८, आईतवार १२:१९

काठमाडौं । नबिल ब्यालेन्स्ड् फण्ड–२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यी दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते भोलि बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

यी दुई फण्डले गत वर्ष २०७७।०७८ को मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । जसमा नबिल इक्विटी फण्डले ४० प्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेको हो भने नबिल ब्यालेन्स फण्ड–२ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*