डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१० आश्विन २०७८, आईतवार १३:०४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज ११ गत) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीको संचालक समितिको बैंठकको निर्णयअनुसार प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कायम चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेकोे छ सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागको हो । सोही प्रतिशत लाभांश पारित गरी वितरण गर्न कम्पनीले २० औं वार्षिक साधारण सभा असोज २३ गते बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बस्ने गरी आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*