मानुषी लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

१० आश्विन २०७८, आईतवार १३:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्तको शेयर सूचिकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर जम्मा गरी कुल १० लाख ९३ हजार ७५० कित्ता  साधारण शेयर बाँडफाँड भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको हो ।

नेप्से र उक्त कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् भोलीदेखि नै लघुवित्तको आइपीओ दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले उक्त संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*