मध्य भोटेकोशीको आइपीओ भोली बिहान ९ बजे बाँडफाँड हुने

१० आश्विन २०७८, आईतवार १७:०७

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ असोज ११ गते सोमबार बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल आइएमई क्यापिटल लिमिटेका अनुसार आइपीओ भोली बिहान ९ बजे बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रूपैयाँ बराबरको १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो ।

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*