साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन

१० आश्विन २०७८, आईतवार १८:५६

कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।

कम्पनीको  बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*