प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

११ आश्विन २०७८, सोमबार ११:२६

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकको संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय बबरमल काठमाडौंमा सम्पर्क राखी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि खरिद गर्नका लागि निवेदन पेश नभएको खण्डमा अन्य व्यक्तिलाई उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*