मध्य भोटेकोशीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि असोज २० गतेदेखि निष्काशन गर्ने

११ आश्विन २०७८, सोमबार १२:५८

काठमाडौं । भर्खरै पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*