नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

११ आश्विन २०७८, सोमबार १७:१२

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो शेयर खरिद गर्न चाहाने इच्छुक आवदेकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार अधिकतममा भने कुनै हद लाग्ने छैन ।

तोकिएको अवधिसम्म प्राप्त भएका बोलपत्र असोज १४ गते बिहान ११ बजे बिक्री प्रबन्धकमा रुपमा रहेको आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*