डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो

१२ आश्विन २०७८, मंगलवार ०८:४३

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो ।

नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य समायोजन गरेको हो । समायोजन पश्चात डिप्रोक्स लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । सोमबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६६६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १।०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ । आजदेखि शेयर खरिद गरेकाहरुले उक्त लाभांश प्राप्त गर्ने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*