एनआइसी एशिया बैंकको दशैं अफर, वर्ल्डरेमिटबाट खातामा रकम पठाउँदा ४०० बोनश

१२ आश्विन २०७८, मंगलवार १४:०५

काठमाडौं । नजिकिँदै गएको दशैंको अवसरमा एनआइसी एशिया बैंकले वल्र्डरेमिटबाट बैंकमा रहेको खातामा रकम पठाउँदा ४ सयसम्मको बोनस पाउने अफर ल्याएको छ ।

बैंकले डिजिटल रेमिट्यान्सलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायत अष्ट्रेलिया लगायतका देशहरुबाट वल्र्डरेमिटबाट रकम पठाउँदा उक्त बोनस प्राप्त गर्न सकिने सुविधा ल्याएको हो ।

कोभिडको जोखीम कायमै रहेको हँुदा बेलायत, अष्ट्रेलियालयायतका देशहरुमा रहको नेपालीले वल्र्डरेमिटको एप तथा वेबसाइटबाट एनआईसी एशिया बैंकका खातामा सहजै रकम पठाउँन सक्ने बैंकले जनाएको छ ।

बैंकका अुनसार उक्त योजना असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुनेछ । ४ सयसम्मको बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुुने बैंकले जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*