दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट

१२ आश्विन २०७८, मंगलवार १५:१६

काठमाडौं । आज पूूँजी बजारमा नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज ७०.०१ अकंले घट्दा कारोबार ५ अर्ब ७४ करोड माथिको भएको हो ।

आज मनकामना स्मार्ट लघुवित्त र मैलङु खोला जलविद्युतको शेयरमा सर्किट लागेको छ । साथै, मेगा बैंक नेपालको १.९७ प्रतिशत अकं, बोटलर्स नेपालको १.४२ प्रतिशत अकं र सनराइज डिबेञ्चरको १.३० प्रतिशत अकंले वृद्धि भएको छ ।


त्यस्तै, आज हिमालयन पावर पाट्नर, नेपाल हाईड्रो डेब्लोपर, गोर्खास फाइनान्स, जोशि हाईड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*