विश्व मुटु दिवसः ‘रोग लाग्न अघि नै सर्तकता अपनाऔं’ डा कोईराला

१३ आश्विन २०७८, बुधबार २२:२५

काठमाडौं । विश्व मुटुु दिवसको अवसरमा लायन्स क्लबअफ काठमाडौं लर्डबुद्धको आयोजना वाग्मती लर्ड बुुद्धको सहकार्य तथा मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्रि अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्चमावि लायकु मध्यपुर र थिमी ४ भक्तपुरमा जनचेतनामुलक कार्यक्रम तथा मुटुु तथा दन्तशिविर सम्पन्न भएको छ ।

शिवरको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष बरिष्ठ मुटु रोग विशेषक प्राध्यापक डा. भगवान कोइरालाले गरेका छन् । आज आयोजित शिवरमा ४ सय जनाको मुटु सम्बन्धी परीक्षण गरेको थियो । त्यस्तै, ५० जनाकोे दन्त परीक्षण गरिएको हो । नेपालमा बर्षोनि ३० हजार मान्छेको मुटु रोगका कारण मृत्यु हुने गरेको भएकाले मुटु रोग भएर उपचार गर्न जानु भन्दा पहिले नै सचेत हुन सके आफु स्वास्थ्य रहन सक्ने कोइरालाले जोड दिएका छन् ।

उक्त शिविर कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष बिष्णुप्रसाद भण्डारीलगायत मुटु रोग विशेषज्ञको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*