आरम्भ चौतारी लघुवित्तको सिइओ र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

१४ आश्विन २०७८, बिहीबार १६:१४

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीले आज नेप्समार्फत जानकारी गराएको सूचनामा सो पदमा शर्मालाई नियुक्त गरेको जनाएको हो ।

यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले राजीनामा दिएकोकोमा असोज १३ गते बसेको संचालक समितिको १०७ औं बैठकले आज (असोज १४ गते) देखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीको सोही बैठकले सिइओ पद र कम्पनी सचिवमा शर्मालाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*