कुमारी क्यापिटलले चाडपर्वलाई लक्षित गरी ल्यायो निशुल्क डिम्याट खाता खोल्ने सुविधा

१४ आश्विन २०७८, बिहीबार १७:५६

कुमारी क्यापिटलको चाडपर्वको अवसरलाई मध्यनजर गर्दैं नयाँ योजना ल्याएको छ। कम्पनीका अनुसार सरकारको ’एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ। डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ।

अनलाइनमार्फत खाता खोल्नका लागि निबेदन दिन सकिने कम्पनीले जनाएको छ। कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ।
निःशुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छुट, आफूसँग भएको भौतिक सेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*