२५७७ मा झर्यो नेप्से, कारोबार ४ अर्बमा सिमित

१७ आश्विन २०७८, आईतवार १५:१९

काठमाडौं । तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा आईपुगेको छ । बढ्दै ३१ सयको विन्दु पार गरेको नेप्से परिसुचक पछिल्लो समय ओरालो लाग्ने क्रममा छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृतर  १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूह र प्रतिशतका आधारमा हाइड्रोपावर समूहमा घटेको छ ।

साथै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १५ करोड ६ लाख १६ हजार २२१ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज मैलुङ खोला हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*