२६.३२% लाभांश पारितका लागि साधना लघुवित्तले बोलायो ५ औं साधारण सभा, बुकक्लोज कहिले ?

१८ आश्विन २०७८, सोमबार १०:४४

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कात्तिक १३ गते होटल गोरखा बिसौनी गोरखा नगरपालिका ६ मा बिहान ११ बजेका लागि बोलाएको हो ।

कम्पनीको असोज १७ गते बसेको संचालक समितको बैंठकले २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सभाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक बर्षको बार्षिको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक निर्वाचन गर्ने र कुने लघुवित्त कम्पनीसंग मर्जर गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत रहेको छ ।

लाभांश वितरण गर्ने र साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखी १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले कात्तिक २ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*