३ करोड बढीको एफपीओ निष्काशन गर्न नयाँ सारथी लघुवित्तले बोर्डसँग माग्यो अनुमति

१८ आश्विन २०७८, सोमबार १४:२७

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)समक्ष अनुमति माग्दै निवेदन दिएको छ ।

संस्थाले ११६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नका लागि भदौ ९ गते बोर्डसँग अनुमति मागेको हो ।

लघुवित्तले एफपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । बोर्डबाट अनुमति पाएपश्चात लघुवित्तले सोही कित्ता एफपीओ निष्काशन तथा बिक्री गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*