निफ्रा र प्राधिकरणबीच आर्थिक क्षेत्रको विकासका लागि सहकार्य सम्बन्धी सम्झौता

१८ आश्विन २०७८, सोमबार १६:५५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले प्राधिकरणसँग आर्थिक क्षेत्रको विकास तथा कार्यान्वयनमा सहयोग सम्बन्धी सम्झौता गरेको छ।
उक्त समझदारी पत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र प्राधिकरणका कार्यकारी निर्र्देशक बलराम रिज्यालले हस्ताक्षर गरेका हुुन । बिशेष आर्थिक क्षेत्रको विकास तथा कार्यान्वयनमा निफ्राले बिशेष क्षेत्र प्राधिकरणसँग सहकार्य गरेको हो ।

उक्त समझदारी पश्चात विशेष आर्थिक क्षेत्र तथा सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक बी र सी को प्राविधिक र आर्थिक प्राविधिक बिश्लेषण, परियोजना बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्ने छ । अब प्राधिकरणले निफ्रालाई औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख गरेको छ ।त्यस्तै, निफ्राको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको ब्यवस्थापन र प्राविधिक सहयोग गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट आर्थिक क्षेत्रहरुको विकासमा जोड दिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*