वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब माथि, कर्जा लगानीको अवस्था कस्तो छ ?

१८ आश्विन २०७८, सोमबार १७:२३

काठमाडौं । काठमाडौं । पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको छ। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक पछिल्लो एक साता को तथ्याङ्कमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको हो ।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत असोज ८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो।पछिल्लो एक साताको अवधिमा बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। असोज ८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*