विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै

१९ आश्विन २०७८, मंगलवार ०६:५५

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ ।

नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै फेसबुकसहित तीन वटै सामाजिक सञ्जालको सर्भर डाउन भएको थियो । फेसबुकका अनुसार आज विहान ४ः१९ बजेदेखि फेसबुकको सर्भर पुनः सुचारु हुन पुगेको थियो । यद्यपि अझै विश्वका कैयौं स्थानमा खुल्न बाँकी रहेको सिएनएनले जनाएको छ ।

फेसबुक सहित तीन वटै सामाजिक सञ्जालको सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको थियो । फेसबुकले सर्भर डाउन भएपछि ट्वीटरमार्फत सर्भरमा समस्या आएको जनाएको थियो ।

तीन वटा समाजिक सञ्जाल सोमबार मध्यरातबाट प्रभावित भएपछि विश्वभर हंगामा मच्चिएको छ । मानिसहरुले सामाजिक सञ्जालहरुमा सन्देश आदान प्रदानको प्रयास गरिरहेको भएपनि असफल भइरहेको प्रतिक्रिया ट्वीटरमा प्रतिक्रिया जनाएका थिए ।

फेसबुकको सर्भर डाउन हुनुमा डिएनएसमा समस्या आएको सिएनएनले जनाएको छ । डोमेन नेम अर्थात वेभसाईटटको नामलाई आईपी ठेगानामा रुपान्तरण गर्ने सिष्टम हो डिएनएस । फेसबुकको डिएनएसमा समस्या आएका कारण विश्वभर एकै पटक फेसबुक बन्द हुन पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*