छ्याङ्गदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१९ आश्विन २०७८, मंगलवार ११:११

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले सोही प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न नियामन निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएको छ ।

कम्पनीको असोज १८ गते बसेको संचालक समितिको ७९ औं बैठकले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर (३० प्रतिशत हकप्रद शेयर वितरण पश्चात) निष्काशन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अुनरोध गर्ने निर्णय गरेको हो ।

उक्त विद्युत नियमन आयोगबाट स्वीकृत भई नेपाल धितोपत्र बोर्डले अनुमति दिएपश्चात कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*