राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा बिस्तार

१९ आश्विन २०७८, मंगलवार १२:०६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

बैंकले थप गरेका नयाँ शाखाहरुमा काठमाडौं जिल्लाको चन्द्रगिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्ररी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित ठैव, भक्तपुर जिल्लाको कमलविनायक, चितवन जिल्लाको बरुबजार स्थित माडी, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी स्थित चौतारामा र प्युठान जिल्लाको मल्लरानीमा शाखा कार्यालय बिस्तार गरेको हो ।

बिस्तारित शाखाहरुबाट सर्वसाधारण एवं ब्यवसायीहरुलाई बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा दिने बैंकले जनाएको छ ।
थप ७ शाखा कार्यालय बिस्तार गरेसँगै हाल बैंकले देशभर २५४ वटा शाखा कार्यालय र ९८ वटा एटिएमबाट निरन्तर बैंकिङ सेवा सुविधा आफ्ना ग्राहकहरुलाई दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*