सिटिजन्स बैंकको लाभांश सुरीक्षत गर्ने भोलि अन्तिम दिन

१९ आश्विन २०७८, मंगलवार १२:३१

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज २०) गते) अन्तिम रहेको छ ।

बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्ति गर्ने र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको १५ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ दशमलव ९१३ प्रतिशत बोनश शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*