बिओके क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

१९ आश्विन २०७८, मंगलवार १४:१२

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि (असोज २० गते) गर्ने भएको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, उक्त सभाले गतआर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*