४१ अंकले बढ्दा नेप्सेमा हरियाली, करिब तीन अर्बको शेयर खरिद बिक्री
१९ आश्विन २०७८, मंगलवार १५:१२
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार झण्डै तीन अर्बको कारोबार भएको छ । स्टक एक्सचेन्जमा मंगलबार नेप्से ४१ अंकले बढ्दा व्यापार उप–समुह बाहेकका सबै सूचांकहरु हरियाली देखिएको छ ।
शेयर बजारमा उछाल आउँदा पनि कारोबार भने उत्साह आउन सकेको छैन । शेयर मूल्यमा आएको उत्साहसँगै कारोबार रकम भने केही कम देखिएको छ ।
आज नेप्सेमा फाइनान्स उप समुह ४.१६ प्रतिशतले बृद्धि भएको छ भने निर्जिवन बीमा कम्पनी २.३४, लघुवित्त २.७५ प्रतिशतले बृद्धि भएको छ ।