स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

१९ आश्विन २०७८, मंगलवार १७:२१

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३ दशमलव ०६ प्रतिशत नगद (करसहित) गरी कूल १३ दशमलव ०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगाामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । लाभांश वितरण पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*