धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

१९ आश्विन २०७८, मंगलवार २०:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पदबाट बर्खास्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तमा परेका हुन् ।

यसअघि अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको शेयर आफ्नी छोरीका नाममा खरिद गरेको फेला पारेपछि कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । मन्त्रिपरिषदले प्रक्रिया पुरा गरेर बर्खास्त नै गरेकोले अब न्यायिक वा अन्य बाटोबाट ढुंगाना फर्कने सम्भावना लगभग समाप्त भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले पुष्टि गरेको छ । मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार अर्थमन्त्रालयले बोर्डमा पत्र पठाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*