आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

२० आश्विन २०७८, बुधबार ०७:१६

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको ९० करोड रुपैयाँको आईपिओ आजदेखि बिक्री सुरु हुँदैछ । आज विहान कार्यालय समयबाट सबै आम सर्वसाधारणले मेरो शेयर तथा सि आश्वा सदस्य बैंकहरुमार्फत मध्य भोटेकोशीको आईपिओ भर्न सकिनेछ ।

कम्पनीले असोज २० गते बुधबारदेखि असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्ने गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कूल ९० लाख कित्ता शेयर मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणमा वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, शेयर आवेदक धेरै भई अत्याधिक मात्रामा आवेदन पर्ने हुँदा शेयर बाँडफाँडका लागि न्यूनतम १० कित्ताको दरले गोलाप्रथा विधि अपनाइने भएकोले न्यूनतम् १० कित्ताको लागि आवेदन दिनु नै सबैभन्दा उत्तम हुनेछ ।

मध्य  भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । भोटेकोशी नेपालमा सञ्चालित जलविद्युत परियोजना मध्येमा राम्रो परियोजनाभित्र पर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँको आईपिओ वितरण गरिसकेको छ ।

One thought on “आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

  1. Nandarajgautam says:

    I.am.rady.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*