महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

२० आश्विन २०७८, बुधबार ११:४८

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककोले संस्थापक समूह तर्फको १ लाख ९ हजार ८२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका केही संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएकोे हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यामान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय दरवारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथैं, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*