सुन भाउ तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ कारोबार ?

२० आश्विन २०७८, बुधबार ११:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मङगलबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि स्थिर रहर्दै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*