ग्लोबल आइएमई लघुवित्तद्धारा २८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय, बुक क्लोज बाँकी

२० आश्विन २०७८, बुधबार १९:५६

काठमाडौं । ग्लोबल आइएमईले बोनस शेयर घोषणा गरेको छ । मंगरबारको संचालक समिति बैठकमार्फत गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले जोहो गर्नुपर्ने लघुवित्तले जनाएको छ । कम्पनीले बोनसको कर तिर्नका लागि रकम छुट्याएको जनाएको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

कम्पनीले लाभांश दिने घोषणा गरेपनि बुक क्लोजको मिति तय गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*