तनहुँमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रिय सदस्य राजु ढकालले दिएका थिए ।दमौलीका कार्यलय प्रमुख माधव न्यौपानेले संचालन गर्नु भएको कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएको थियो ।
त्यसैगरी, तनहुँ जिल्ला भरी बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ ।