हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्टले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य निर्धारण

२३ आश्विन २०७८, शनिबार ०९:२४

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य निधारण भएको छ। कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सर्बसाधारणतर्फको शेयरको लागि २ सय २५ प्रारम्भिक कट अफ मूल्य निधारण गरिएको जनाएको छ।

क्यापिटलले हिजो बिहान ८ बजेदेखि शिलबन्दी बोलपत्र खोलेको हो । शिलबन्दी बोलपत्र खोल्ने काम मध्यान्ह मै सकिए भएपनि आवेदन प्रोसेसिङ गर्दा अहिले राति मात्र प्रारम्भिक कट मफ मूल्य तय भएको हो। कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।

कम्पनीले साउन ४ गतेदेखि १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो।
एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*