शिवम सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा

२३ आश्विन २०७८, शनिबार १२:५१

काठमाडौं  शिवम सिमेन्टले वार्षिक साधारणसभाका कात्तिक १६ गतेसभा बोलाएको छ। कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले आउँदो कात्तिक १६ गते सभा हुने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले उक्त आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत लाभांशका दरले हुन आउने एक अर्ब २७ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित र आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*