सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका कात्तिक १४ गते, बुक क्लोज कहिलो ?

२४ आश्विन २०७८, आईतवार १२:००

काठमाडौं । सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका लागि कात्तिक १४ गते आह्वान गरेको हो । बैंकले आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने भएको छ। सभा भर्चाुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट संचालक समितिमा चयन लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । जसकामकारण बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*