नेप्से दोहोरो अंकले घट्दा १३ उपसूचक राताम्मे

२४ आश्विन २०७८, आईतवार १६:१३

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ। आज १८.५३ अंकले शेयर बजार ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६२.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ को विन्दुमा ओर्लेको छ। आज साढे ४ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा राताम्मे भएको छ। आज म्युचुअल फन्ड सर्वाधिक ० दशमलव ७६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ० दशमलव ५ प्रतिशतले बढेको आज वित्त समूहमा ० दशमलव २९ को बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.५९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, जलविद्युत समूहमा १.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा ०.७१ प्रतिशतको गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*