प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन

२५ आश्विन २०७८, सोमबार १८:३०

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । कम्पनीको असोज २४ गते सम्पन्न संचालक समितिको बैठकले शाक्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालकमा नियुक्त भएका हुन् ।यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट बिजय कुमार श्रेष्ठले प्रतिनिधित्व गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*