सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा कात्तिक १६ गते, बुक क्लोजको मिति तय

२६ आश्विन २०७८, मंगलवार १४:०६

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिकसाधारण सभा डाकेको छ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने भएको छ ।बैंकले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

साथै, एक्विजिसनको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, बैंकको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बैंकको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

सभा प्रयोजनको लागि बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*