लाभांश प्रस्ताव सहित कात्तिक २३ गते कामना सेवा विकास बैंकले बोलायो वार्षिक साधारणसभा

२६ आश्विन २०७८, मंगलवार १५:१०

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कात्तिक २३ गते १५औं वार्षिक साधारणसभा बोालाएको छ । बैंकको असोज २५ गते सम्पन्न संचालक समितिको बैठकले पार्क भिलेज रिसोर्टमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ । सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार बैंकले चुक्ता पुँजीको १८ दशमलव ५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांश गरी कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*