आजबाट सबै सरकारी कार्यालय, बैंक र बीमा कम्पनीहरु खुल्ने

३१ आश्विन २०७८, आईतवार ०७:१३

काठमाडौं । पाँच दिन लामो दशैं विदा हिजोबाट सकिएको छ । बिजया दशमीपछि मान्यजनको हातबाट टीका तथा जमरा लगाएर दशैं मनाउने क्रम भने अझै जारी छ । सरकारले दिने सार्वजनिक विदा हिजोबाट सकिएपछि आजदेखि सबै सरकारी कार्यालय, बैंक तथा बीमा कम्पनीहरु नियमित रुपमा खुल्ला हुनेछन् ।

लामो समयदेखि बैंक बन्द हुँदा सर्वसाधारणले आजबाट बैंकिङ सुविधा पाउनेछन् । त्यसैगरी, बीमा कम्पनी बन्द हुँदा रोकिएको बीमा नविकरण, बीमा पोलिसी जारी तथा यस अवधीमा भएका बीमा दावी भुक्तानीको काम आजबाट सुचारु हुनेछ ।

घटस्थापनाको दिनदेखि सुरु भएको बडा दशैं भने अझै तीन दिन बाँकी छ । कोजागत पूर्णिमाको दिनसम्म आफन्त, मान्यजनको हातबाट टीका लगाउने प्रचलन रहि आएको हुँदा सरकारी कार्यालय, बैंक तथा बीमा कम्पनीहरु खुलेपनि पूर्ववत रुपमा सम्पूर्ण सेवाहरु भने पाउन कठिन हुनेछ । कर्मचारीहरु कार्यालयमा फर्कने क्रममा रहेकोले अबको दुई–तीन दिन पछि भने सरकारी, बैंक तथा बीमामा कर्मचारीहरु फर्किसक्ने हुँदा पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*